global ime bank Long Banner Ad

गृहपृष्ठ समाज र विज्ञान पछाडी फर्किदैन – गृहमन्त्री लेखक

समाज र विज्ञान पछाडी फर्किदैन – गृहमन्त्री लेखक

समाज र विज्ञान पछाडी फर्किदैन – गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले समाज र बिज्ञान पछाडी नफर्किने बताएका छन् । बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए ।

ुदेशमा गणतन्त्र आईसकेको छ,केहि साथिहरुले राजतन्त्र पुनस्थापना कुरा गरिरहेको छ, गृहमन्त्री लेखकले भने,लोकतान्त्रीक ब्यबस्थामा अलोतान्त्रिक राजतन्त्रमा पछाडी फर्किने सम्भावना छैन । निकै त्याग र तपस्या बाट यो ठाउमा पुगिएको हो ,अब यो ठाउँबाट पछाडी होइएन अगाडी बढ्ने हो ।

त्यसैगरी उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागी साहित्यको योगदान आवश्यक रहेको बताउदै संसारमा आजसम्मको प्रगति क्रान्ती र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेको स्मरण गरे ।

जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउदै गृहमन्त्री लेखकले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको धारणा राखे ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु