गृहपृष्ठ अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गर्न कांग्रेस सांसद खतिवडाको माग
अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गर्न कांग्रेस सांसद खतिवडाको माग
sf7df8f}F, !@ r}tM
k|ltlglw;ef a}7sdf ;f+;b vltj8f
k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7ssf] ;'?df g} ;do lnP/ wf/0ff /fVb} ;f+;b /fdxl/ vltj8f . tl:a/ M /Tg >]i7÷/f;;
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोग रकम दुरुपयोग भयो भन्ने चर्चाबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले नेपालमा अहिलेसम्म अमेरिकाबाट कति सहयोग आयो भन्ने बारेमा श्वेतपत्र जारी गर्न माग गरेका हुन् ।
उनले भनेका छन्- ‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भन्ने बारम्बार चर्चापरिचर्चा सुनिन आएको छ । यस्तो रकम कति नेपालमा आएको हो र कसकसले प्रयोग गरे ? त्यो नेपाल सरकारले, अर्थमन्त्रालयले कसले श्वेतपत्र जारी गर्नुपर्ने हो ? त्यो जारी गरियोस् ।’
उनले एनजिओ र आइएनजिओमा आएका र अन्य प्रयोगमा कति रकम आएको छ भने त्यसको दुरुपयोग भएनभएको विषय श्वेतपत्रमार्फत सार्वजनिक गर्न उनले माग गरेका छन् । उनले भनेका छन्- ‘सारा नेपाललाई नै बद्नाम गर्ने गरी प्रचार भइरहेको छ। यदि यसो हो भने सरकारले यसलाई भएको के हो ? श्वेतपत्र जारी गरोस् ।’
प्रकाशित समय : १५:५८ बजे



















