global ime bank Long Banner Ad

गृहपृष्ठ चार करोड ६५ लाखमा बने सशस्त्र प्रहरीका चार भवन

चार करोड ६५ लाखमा बने सशस्त्र प्रहरीका चार भवन

चार करोड ६५ लाखमा बने सशस्त्र प्रहरीका चार भवन

झापाका चार स्थानमा सशस्त्र प्रहरी बलका भवन निर्माण भएका छन् । भद्रपुर र काँकडभिट्टामा सीमा सुरक्षा गुल्म तथा महेशपुर र ज्यामिरगढीमा बोर्डर आउट पोस्ट ९बिओपी० का निम्ति ती भवन निर्माण भएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका प्रमुख प्रहरी उपरीक्षक कविन्द्र राईका अनुसार चार करोड ६५ लाख ५६ हजार छ सय ७४ को लागतमा ती भवन निर्माण भएका हुन् ।

मेचीनगर–७ मा नौ कट्ठा दुई धुर जग्गा खरीद गरी एक करोड ३९ लाख ९ हजार चार सय २६ को लागतमा नयाँ भवन निर्माण गरिएको हो ।

यसैगरी, भद्रपुर नगरपालिका–५ स्थित देवीबस्तीमा १० कट्ठा जग्गा खरीद गरी एक करोड ३१ लाख ३७ हजार तीन सय ३३ को लागतमा सुरक्षा गुल्मका निम्ति भवन निर्माण गरिएको हो ।

मेचीनगर–१५ स्थित लिम्बूडाँडामा एक बिगाह ऐलानी जग्गामा रु एक करोड १३ लाख ८१ हजार ४०३ र सोही वडाको ज्यामिरगढीस्थित अर्को भवन बनाइएको हो ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु