global ime bank Long Banner Ad

गृहपृष्ठ क्यानडा र मेक्सिकोमाथि कर लगाउने निर्णय स्थागित

क्यानडा र मेक्सिकोमाथि कर लगाउने निर्णय स्थागित

क्यानडा र मेक्सिकोमाथि कर लगाउने निर्णय स्थागित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाको सामान आयातमा कर लगाउने निर्णय स्थागित गरेका छन्।

उनले पहिला मेक्सिको र त्यसलगत्तै क्यानडामा २५ प्रतिशत कर लगाउने आफ्नो योजना स्थगित गर्ने घोषणा गरेका हुन्। उनले मंगलबारदेखि ३० दिनसम्मका लागि उक्त निर्णयमा रोक लगाउने जनाएका हुन्।

क्यानडा र मेक्सिकोले सीमामा सुरक्षा सुधार गर्न र लागूपदार्थ तस्करी विरुद्ध कारबाही गर्ने वाचा गरेपछि अमेरिका यो निर्णयबाट पछि हटेको हो।

अमेरिकाले सबैभन्दा बढी व्यापार गर्ने देशहरू क्यानडा र मेक्सिको हुन्। ट्रम्पले कर लगाउने घोषणा गरेपछि दुवै देशले आफूले पनि अमेरिकामाथि कर लगाउने भनेका थिए।

क्यानडाले सीमापार फेन्टानिल लागूऔषधको तस्करी रोक्ने प्रयासहरूको निरीक्षण गर्न एक अधिकारी नियुक्त गर्ने बताएको छ। ट्रम्पसँग भएको सम्झौता अन्तर्गत मेक्सिको पनि आफ्ना १०,००० सैनिक सीमामा पठाउन सहमत भएको छ।

ट्रुडोले सीमा सुरक्षा सम्बन्धी कामका लागि १.३ अर्ब क्यानेडियन डलर खर्च गर्ने वाचा गरेको ट्रम्पले बताएका छन्। त्यस्तै फेन्टानिल औषधिको बिक्रीमा प्रतिबन्ध लगाउने तथा त्यसको अनुगमन गर्न एक अधिकारी नियुक्त गर्ने जनाएका छन्।

चीनमा लगाइएको करको विषयमा भने आज दुई देशका प्रतिनिधिबीच छलफल हुने जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच आगामी २४ घन्टामा उक्त विषयमा छलफल हुन सक्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केरोलाइन लेविटलले जनाएकी छन्।

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु