global ime bank Long Banner Ad

गृहपृष्ठ दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिडदैँ

दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिडदैँ

दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिडदैँ

मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रदैँ छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन । खेल दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

हिजोबाट सुरू भएको उदघाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।

 

प्रकाशित समय : ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु