गृहपृष्ठ खो खो विश्वकपमा नेपालले भुटानलाई हरायो
खो खो विश्वकपमा नेपालले भुटानलाई हरायो
भारतमा जारी खो–खो विश्वकपमा नेपालको महिला टोलीले विजयी शुरूवात गरेको छ । नेपालको महिला टिमले आफ्नो पहिलो खेलमा भुटानलाई ९३–२४ ले हराएको हो । नेपालकी मानमती धामी उत्कृष्ट खेलाडी घोषित भइन् ।
सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै नेपाली समयअनुसार सवा ४ बजे अर्को खेलमा जर्मनीसँग खेल्ने छ । समूह ‘सी’ मा नेपालसहित, भुटान, जर्मनीसँगै बङ्गलादेश र श्रीलङ्का छन् ।
नेपालले भोलि श्रीलङ्कासँग, पर्सि बिहिवार बङ्गलादेशसँग खेल्ने छ ।
प्रकाशित समय : १५:५३ बजे



















