global ime bank Long Banner Ad

गृहपृष्ठ ‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’

‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’

‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्ना विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ ।

माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देश जारी गर्नुहँदै उुनले हाम्रा विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन् भने । चाडपर्वले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण योगदान दिने जनाउँदै आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्न प्रदेशवासी सबैमा माघी पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना व्यक्त गरेको छ ।

प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा माघे सङ्क्रान्ति र माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले हासीखुसी तथा धुमधामका साथ आआफ्नै तरिकाले मनाउने प्रचलन रहेको उल्लेख गरेको छ ।

थारू समुदायले माघीपर्वलाई अति उल्लासका साथ नयाँ वर्षका रूपमा नाचगान, आफन्त भेटघाट तथा खानपिन गरेर मनाउने गर्छन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।

प्रकाशित समय : ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु