गृहपृष्ठ नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर प्रहार गर्दा १६ सर्वसाधारणको मृत्यु भएको हो ।

नाइजेरियाली सेनाले लामो समयदेखि यस क्षेत्रमा आपराधिक गिरोहसँग लड्दै आएको छ। उनीहरुलाई स्थानीय भाषामा डकैत भनिन्छ । यी लडाकुहरूले गाउँहरूमा आक्रमण गर्छन्, फिरौतीको लागि मानिसहरूलाई अपहरण गर्छन् र उनीहरूको घर जलाउँछन्। जसका कारण यहाँका सर्वसाधारणले पनि आत्मरक्षाका लागि बन्दुक लिएर अपराधीलाई इलाकाबाट धपाउने गरिरहेका हुन्छन् ।

शनिबार पनि जाम्फाराको डांगेबे गाउँमा लुटेराले आक्रमण गरी धेरै जनावरहरू लुटेका थिए । यसपछि गाउँलेहरूले उनीहरूलाई बन्दुकले आक्रमण गरेका थिए । र, उनीहरूलाई लखेटेर फर्कँदै गर्दा टुङ्गर कारा गाउँ नजिकै उनीहरूमाथि लडाकू विमानले गोली प्रहार गरेको हो ।

एम्नेस्टी इन्टरनेसनलले मृत्यु हुनेको संख्या २० पुगेको बताएको छ । नाइजेरियाली अधिकारीहरूलाई यस हवाई आक्रमणको तत्काल र निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यो घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

 

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु