गृहपृष्ठ लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै

लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै

लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै

लिबर्टी ईनजी कम्पनी लिमिटेडले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले माघ २ गतेदेखि ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित समय : ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु