गृहपृष्ठ नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

नेपाल एसबिआई मर्चेण्टबैकिङ्ग लिमिटेडको सञ्चालक समितिको सोमबार बसेको ६६औँ बैठकले श्री विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति/मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले श्री विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मतिबाट चयन गरेको छ ।

श्री विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमाकार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्नेछन ।

श्री विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात श्री विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्टबैकिङ्ग लिमिटेडको सञ्चालकहरुश्री राजेश कुमार पांडा, श्री छपि राजपन्त,स्वतन्त्र सञ्चालक श्री नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिवश्री खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित समय : १६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु