गृहपृष्ठ सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेको छ ।
हज सोमबार नेपाल आइपुगेको हो । उनलाई विमानस्थलमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले स्वागत गरे । खेलाडीको भूमिकामा विश्व च्याम्पियन अष्ट्रेलियाबाट खेलेका उनसँग विश्वभरका फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहेको छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुन् । रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन ९स्कटल्यान्ड०, सेफ अलि जेब ९इंग्ल्यान्ड०, स्कट कुगेलेइन ९न्युजिल्याण्ड० र रोहन मुस्तफा ९यूएई० लाई टिममा समावेश गरेको छ ।
त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । अर्जुन र नरेन भने हाल यू१९ टोलीमा व्यस्त छन् ।
प्रकाशित समय : १७:४० बजे