गृहपृष्ठ गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
नवलपरासी -बर्दघाट सुस्तापूर्व- नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो ।
प्रकाशित समय : १२:४७ बजे



















