global ime bank Long Banner Ad

गृहपृष्ठ अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट

अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट

अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट

भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अल आउट भएको छ ।

अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १५० रन बनाउदा अल आउट भएको छ ।

भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्बाधिक ४१ रन बनाए भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए ।

त्यस्तै भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिएका थिए ।

यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् ।

अब केहि बेरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिंग ब्याटिंग गर्दै छ ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु