global ime bank Long Banner Ad

गृहपृष्ठ गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन  गुरुङ अमेरिका जाने

गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन  गुरुङ अमेरिका जाने

गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन  गुरुङ अमेरिका जाने
गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औँ संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्ने भएका छन् ।
क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा आफ्नो कौशल प्रस्तुत गर्नेछन् ।
ट्रेडिसनल चाइनिज मार्सल आर्टस् फेडरेसन, युएसएको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ३० राष्ट्रका दुई सय ५० भन्दाबढी खेलाडीको सहभागिता रहने बताइएको छ ।
विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा भूपेन्द्रले यसअघि तीन स्वर्णपदक जितिसकेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्याण्डमा भएको सातौँ विश्व कुङ्फु च्याम्पियनसिप र सन् २०२२ मा बेलायतमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४औँ राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
भूपेन्द्रलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङ्फु सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जितकुमार राई र आदिवासी खेलकुद सङ्घ नेपालका प्रशिक्षक इजिकेल परियारले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । भूपेन्द्र बुधबार अमेरिका प्रस्थान गर्नेछन् ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु