global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकहरुमा २ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकहरुमा २ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकहरुमा २ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

नेपाल राष्ट्र बैंकले बैंकहरुमा २ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकहरुमा २ अर्ब १९ करोड लगानी गर्ने जानकारी दिएको हो । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको पैसा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने जानकारी दिएकाे हाे।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३२ करोड ८५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख रुपैयाँ लगानी गर्ने जानकारी दिएकाे छ ।

मुद्दती निक्षेपका रुपमा लिन चाहने बैंकहरुले कात्तिक ८ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दती निक्षेप २०८१ कात्तिक १४ गतेदेखि २०८२ वैशाख १ गतेसम्म १८१ दिनका लागि हुने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएकाे छ ।

 

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु