global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रक बीच सहकार्य

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रक बीच सहकार्य

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रक बीच सहकार्य

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रक बीच स्वीचएसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा saLr Building Energy Efficiency in Nepal BEEN प्रोजेक्ट अन्तर्गत दिगो आवास भवननिर्माणका लागीऊर्जा कुशलप्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंककाग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफइन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा BEEN प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न “ग्रीनहोम लोन”विशेष कर्जा योजनालागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धिगर्न र दिगो तथा ऊर्जा कुशलभवनहरूको प्रवर्धन गर्न सहयोग पुर्याउनेछ ।

आफ्नाग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्नकिसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भितगर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक युरो मनीअर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतकादुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्याति प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवातथा सुविधा सहितका योजनामार्फत आफ्ना समस्तग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु