गृहपृष्ठ राष्ट्र बैंकले सेवा रेमिटको लाइसेन्स खारेज गर्यो
राष्ट्र बैंकले सेवा रेमिटको लाइसेन्स खारेज गर्यो
नेपाल राष्ट्र बैंकले सेवा रेमिटको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।
आज सूचना प्रकाशित गरी केन्द्रीय बैंकले सेवा रेमिटको लाइसेन्स खारेज गरिएको जानकारी दिए । विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम १३ को उपविनियम (१०) खण्ड (ङ)बमोजिम सेवा समेटिको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी निनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन पनि सूचनामा आग्रह गरिएको छ। तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिटको बैंक जमानत फुकुवा हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
प्रकाशित समय : ०८:५३ बजे



















