global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नवलपुरको बालुवाडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,२५ जना घाइते 

नवलपुरको बालुवाडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,२५ जना घाइते 

नवलपुरको बालुवाडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,२५ जना घाइते 

नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप  दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्‍याइएको ढकालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

२५ जना घाइतेहरुमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई  उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित समय : १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु