global ime bank Long Banner Ad

गृहपृष्ठ  अर्ग्यानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

 अर्ग्यानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

 अर्ग्यानिक स्याउ खेर गएको भन्दै सरकारको ध्यानाकर्षण

उत्पादन महाअभियान नेपालले अर्बौं रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्ग्यानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाअभियानले गोरखामा तीन वर्षदेखि व्यावसायिक स्याउ उत्पादन हुन थालेको भए पनि बाटो अभावका कारण उक्त स्याउ बजारमा आउन नसकेको बताएको हो ।

उनले भने, ‘नेपालको विभिन्न ठाउँमा फलेका रसिलो, स्वास्थ्य, पोसिलो र विषादीरहित स्याउ अहिले बारीमै कुहिने अवस्थामा पुगेको छ । यता बजारमा हामीले अरबौँको विषादीयुक्त स्याउ विदेशबाट आयात गरेर खाइरहेका छौँ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकामा लाखौँ किलो स्याउ फलिरहेको छ । यो क्षेत्र स्थानीय नेपाली स्याउ फल्ने विशेष क्षेत्र हो । तीन वर्षयता यहाँ व्यावसायिक स्याउ उत्पादन हुन थालेको छ । बाटो अभावको कारण उक्त स्याउ बजारमा आउन सकेको छैन । यसतर्फ राज्यका सम्पूर्ण निकायहरूका ध्यानाकर्षण गराउँदै आएका छौँ । यद्यपि सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । त्यसैले किसानहरूको स्याउ बारीमै कुहिनबाट जोगाउन र किसानहरूलाई पलायन हुनबाट रोक्नको लागि हामीले राज्यको ध्यानाकर्षण सशक्त रूपमा गराउन चाहन्छौँ ।’

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु