गृहपृष्ठ दशैं बिदामा लुम्बिनीका मुख्यमन्त्री आचार्यले सरकारी गाडी प्रयोग नगर्ने
दशैं बिदामा लुम्बिनीका मुख्यमन्त्री आचार्यले सरकारी गाडी प्रयोग नगर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं बिदाभर सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । गृह जिल्ला अर्घाखाँची पुगेका आचार्यले दशैं बिदाभरि सरकारी सवारीसाधन प्रयोग नगर्ने जनाएका हुन् ।
निजी सवारीसाधन प्रयोग गरेर जिल्ला तहका भेटघाटमा पुग्न थालेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढेका छन् ।
यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दशैं बिदाभरका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ ।
सुशासन कायम गर्न मुख्यमन्त्रीले दशैं बिदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा सकारात्मक सन्देश दिन खोजेका मुख्यमन्त्री आचार्यले जनाएका छन् ।
प्रकाशित समय : २१:१३ बजे



















