गृहपृष्ठ नेपाल उद्योग परिसंघबाट बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग वितरण
नेपाल उद्योग परिसंघबाट बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग वितरण
नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरे ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराए ।
प्रकाशित समय : १८:१० बजे



















