global ime bank Long Banner Ad

गृहपृष्ठ बहुप्रतिक्षित टाटाको इभि पन्च, एकैपटक चार शहरमा लन्च

बहुप्रतिक्षित टाटाको इभि पन्च, एकैपटक चार शहरमा लन्च

बहुप्रतिक्षित टाटाको इभि पन्च, एकैपटक चार शहरमा लन्च

नेपालमाबहुप्रतिक्षित टाटाको पन्चइभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामाभव्यताका साथलन्चभएको छ । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभीपन्चइभीयी चारवटै सहरमा एकैदिनऔपचारिक रूपमालन्च गरिएको सिप्रदीले जनाएको छ ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । यस्तै, चितवनको कार्यक्रममा सिप्रदीकाभाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवनउद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने सहभागी थिए ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले नाडा अटो शोमा सार्वजनिक भएको टाटा पन्चइभीले नेपालभर उच्चमाग र बुकिङ पाएको बताए । पोखरामाऔपचारिक रूपमापन्च सार्वजनिक गर्दै ग्राहकलाई साँचो हस्तान्तरण गर्न पाउँदाआफू उत्साहित भएको उनको भनाइ थियो । उनले गाडीको बिक्रीसँगै इभीको इकोसिस्टमलाई सुदृढ गर्न पनिध्यान केन्द्रित गरिएको जानकारी दिए । भैरहवा–बुटवलको कार्यक्रममा बोल्दै सीओओ राजेशप्रसाद गिरीले गाडीको बिक्रीसँगै बिक्रीपछिको सेवामा पनि कम्पनीले उत्तिकै ध्यानदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरा, चितवन, बुटवल र भैरहवामा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको थियो । गाडीको साँचो हातमालिँदै कतिपयग्राहकले टाटाको पन्च इभि चढ्न पाउँदाआफूहरू उत्साहितभएको बताएका थिए ।

टाटा पन्च ईभीको प्रारम्भिकमूल्य ३३ लाख ९९ हजार तोकिएको छ । पन्च ईभीको उक्तभेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो/एप्पल कारप्ले जस्ता उच्चप्रविधि र सुविधाउपलब्ध छन् । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले BNCAP मा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु