गृहपृष्ठ चितवन शक्तिको टिमले ट्यालेन्ट हन्टबाट खेलाडी ल्याउने
चितवन शक्तिको टिमले ट्यालेन्ट हन्टबाट खेलाडी ल्याउने
एभ्रेष्ट महिला भलिबल लिग(इडब्ल्युभीएल)को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ । चितवन शक्तिले चीतवन वडा नम्बर २२ पटहिनी कर्भड हलमा बिहान १० देखि ५ बजेसम्म छनोट कार्यक्रम गर्नेछ ।
छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक रहेका अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नेछन् । खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ । कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनु पर्नेछ ।
खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनु पर्नेछ ।
खेलाडीले असोज १४ देखि १९ सम्म चितवन शक्तिको टिममा रही पहिलो संस्करणको वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछ ।
प्रकाशित समय : १६:३७ बजे



















