गृहपृष्ठ नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली
नारायणी नदीपारि सुस्तामा झोलुंगे पुलबाट पुर्याइयो राष्ट्रिय प्रसारणलाइनको बिजुली
default
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुर्याएको हो।
नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि. लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् लगिएको प्राधिकरणले जनाएको छ।
प्रकाशित समय : १२:२७ बजे




















