global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

तनहुँको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखिएको हो ।

नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याकलोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखिएको छ ।

आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत, प्राथमिक उपचार र क्षतिको लेखाजोखाजस्ता अत्यवाश्यक सेवा सुनिश्चिताका लागि केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

उनका अनुसार यसका लागि २० जना नगर प्रहरीलाई तालिम प्रदान गरिएको छ । एक जना नगर प्रहरी कर्मचारीलाई पालो गरी ड्युटीमा खटाइनेछ । विपद्को जोखिमलाई न्यूनीकरण गर्दै प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपले सर्वसाधारणको जनधन, सार्वजानिक तथा निजी सम्पत्तिमा हुनसक्ने क्षतिलाई मध्यनजर गरेर केन्द्र सञ्चालनमा ल्याइएको हो ।

एम्बुलेन्स, दमकल, शवबाहन सबै निःशुल्क प्रयोग गर्छौँ, विपद्का बेला तत्काल उद्धार गर्नेगरी संयन्त्र तयारी अवस्थामा राखिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार सवारी दुर्घटना, आगलागी, बाढीपहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको हो ।

“नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्नेगरी आपत्कालीन केन्द्रको व्यवस्थापन गरिएको हो”, उनले भने, “आवश्यक साधन र कर्मचारीलाई दमौलीस्थित प्रमुख प्रशासकीय भवनमा व्यवस्थापन गरिएको छ ।”

जुनसुकै ठाउँमा जुनसुकै बेला विपद् आइलाग्न सक्ने हुँदा त्यसबाट बच्नका लागि पूर्वतयारी गरिएको हो । उनका अनुसार केन्द्रका लागि आवश्यक पर्ने सामान दुईवटा छुट्टछुट्टै स्थानमा राखिएको छ । केन्द्रबाट चौबीसै घण्टा सेवा प्रदान हुनेगरी व्यवस्थापन गरिएको विपद्का लागि ०६५–५६३०३४ नम्बरको टेलिफोनको व्यवस्था गरिएको छ । विगत केही वर्षअघि नै स्थापना गरिएको उक्त केन्द्र स्रोत र साधनको अभावले गर्दा निष्क्रिय थियो ।

स्वचालित मेसिनपछि परीक्षणमा सहज

स्वास्थ्य सेवा विभाग काठमाडौंले एक करोड मूल्य बराबरको चारवटा स्वचालित मेसिन प्रदान गरेपछि तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा प्रयोशाला परीक्षण सहज भएको हो ।

प्रयोगशाला मेसिन थपिएपछि नयाँ दुई जना जनशक्ति थप गरिएको छ । हाल आठ जना जनशक्ति कार्यरत छन् । हाल ब्लड बैंक रहेको स्थानलाई अन्यत्र स्थान्तरण गरी प्रयोगशाला कक्षलाई विस्तार गर्न लागिएको अस्पतालका प्रमुख परिवर्तन डा बरालले जानकारी दिए ।

उनका अनुसार बिरामीले ल्यावको रिर्पोट लिनका लागि पाँच घण्टा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले दुई घण्टामा सेवा दिन सकिने भएको छ । प्रयोशालाको रिर्पोट छिटो दिन थालेपछि टाढाबाट उपचारमा आउने बिरामीलाई सहज भएको छ ।

अस्पतालमा अहिले दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेका छन् । जसमध्ये दुई सयदेखि दुईसय ५० सम्म दैनिक प्रयोगशाला परीक्षण हुने गरेको छ । पछिल्ला समय अधिकांश ज्वरोका बिरामी हुने गरेको उनले बताए । ज्वरोका बिरामी बढे पनि डेङ्गी सङ्क्रमण भने देखिएको छैन ।

अस्पतालले भिडियो एक्सरे, एक्सरे, एमडिजीपीसहितको चिकित्सक सेवा, बालरोग, स्त्रीरोग, हाडजोर्नी विशेषज्ञसहितको सेवा प्रवाह गरिरहेको छ । साथै दाँत, आँखा उपचार सेवा, बिहानैदेखि ओपिडी सेवा पनि सञ्चालन गरेको छ ।

अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला कास्की, लमजुङ र गोरखाका केही भेगका बासिन्दाले उपचार सेवा लिदै आएका छन् ।

 

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु