global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नौं अंकले बढ्यो नेप्से परिसूचक

नौं अंकले बढ्यो नेप्से परिसूचक

नौं अंकले बढ्यो नेप्से परिसूचक

 

साताको पहिलो कारोबार दिन (आइतबार) को प्रिओपन सेसनमा सेयर बजार परिसूचक( नेप्से) ९.९८ अंकले बढेको छ । ९.९८ अंकले बढ्दै नेप्से २६९८.५१ को बिन्दुमा उक्लिएको छ ।

प्रिओपन सेसनमा सूचकसँगै नेप्सेमा कारोबार रकम पनि ह्वात्तै बृद्धि भएको छ । २६ हजार ८२० कित्ता सेयर किनबेच हुँदा प्रिसेसनमा कारोबरा रकम १ करोड ५३ लाख ८१ हजार रुपैयाँको भयो । यो सेसनमा सबैभन्दा बढी हाइड्रो क्षेत्रका कम्पनीको कारोबार भएको छ । कारोबारमा आएका ६९ कम्पनीमध्ये यस सेसनमा ५१ कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्यमा गिरावट देखियो । ५ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

लगातार गिरावटका बिच गत साताको अन्तिम कारोबार दिन बिहीबार ७८.३१ अंकले बढ्दै नेप्से २६८८.५३ को बिन्दुमा उक्लिएको थियो । उत्साहपूर्णरुपमा बढेको नेप्सेमा ८ अर्ब १६ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।

 

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु