गृहपृष्ठ विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल
विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल
नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ।
नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो। यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो। विश्वकप भने आगामी सन् २०२५ मा चीनकै डालियन शहरमा हुँदैछ।
यसै विश्वकप छनोट चरणका लागि नेपालको विश्वविद्यालय फुटबल टोलीको आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आइतबार थापागाउँमा आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई बिदाइ गरिएको हो।
प्रकाशित समय : ११:२२ बजे




















