global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी

भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी

भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी
 भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार यहाँबाट बसाई सरी अन्यत्र जानका लागि एक हजार दुई सय १५ परिवारले दर्ता गराएका छन् । यन्यत्र जाने परिवारको सङ्ख्या दुई हजार आठ सय १४ रहेको छ । महानगरको सहरी क्षेत्रमा बसाई सरेर घर बनाउनेको सङ्ख्या उच्च छ ।
जनगणना २०७८ अनुसार महानगरभित्र ३६ हजार नौ सय ३९ घरधुरी छ । महानगरपालिकामा रहेका घरधुरीमध्ये ३३ हजार सात सय २५ घरधुरीको व्यक्तिहरु बैदेशिक रोजगारीमा छन् । विशेष गरी गोरखा, लमजुङ्, तनहुँ, बाग्लुङ गुल्मीलगायतका जिल्लासँगै छिमेकी पालिकाबाट समेत बसाई सरी आउने गरेको महानगर उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु