global ime bank Long Banner Ad

गृहपृष्ठ गौरा पर्व मनाउन घर फर्किंदै परदेशी

गौरा पर्व मनाउन घर फर्किंदै परदेशी

गौरा पर्व मनाउन घर फर्किंदै परदेशी

सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो ।

आजदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन लागेका हुन् । गौराका लागि सीमानाका खलङ्गाबाट स्वदेश भित्रिनेको सङ्ख्या निकै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक तीन सयभन्दा बढी नेपाली दार्चुलाको दत्तु, जौलजीवी, लाली र खलङ्गा नाकाबाट स्वदेश फर्किरहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन् । सुदूरपस्चिममा गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ । यहाँका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन् । गौराको समयमा परिवार र गाउँका मानिस एक ठाउँमा जम्मा भएर सुखदुःख साटासाट गर्छन् । यसले सामाजिक सद्भावमा पनि वृद्धि गरेको जानकारहरू बताउँछन् ।

भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो ९मन्दिर परिसर० मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुख्र्यौली थलोमा फर्किन गरेका हुन् ।

संस्कृतिका जानकार मोहनराज पन्तले गौरा वर्षौ विछोडिएका आफन्त तथा गाउँलेबीच भेटघाट तथा जमघट हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरिएको बताउनुभयो । उहाँकाअनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ । जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि यहाँका ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन रहेको छ ।

प्रकाशित समय : १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु