global ime bank Long Banner Ad

गृहपृष्ठ इच्छाकामनाको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण

इच्छाकामनाको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण

इच्छाकामनाको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण
  चितवनको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरे  । सो अवसरमा उनले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताए  । “पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्”, उनले भने, “धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्याकालमा निर्माण भएको छ ।”
 पुल निर्माणपछि वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा आवतजावत गर्नका लागि यहाँका बासिन्दालाई सहज हुने बताए । अध्यक्ष गुरुङले समयमै पुल निर्माण सम्पन्न गर्न खटिने उपभोक्ता समिति र स्थानीयलाई धन्यवाद दिए ।
पालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भन्दै उहाँले यस वर्ष पनि सबै योजना समयमै निर्माण सम्पन्न गरिने बताए । उनले गाउँघरमा भएका विकास निर्माणका काममा अनुगमन र खबरदारी गरिरहन स्थानीयलाई अनुरोध गरे ।
पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभाम्वित भएका छन् । एक सय २० मिटर लामो पुल गाउँपालिका र पिटिएपी बागमती प्रदेशको लगानीमा निर्माण भएको हो । पुल निर्माणका लागि रु एक करोड छ लाख ९७ हजार बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए   ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु