global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । साउन २८ स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि बैठक सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि छलफल भइरहेको थियो । ती विषयहरूमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने राख्न बाँकी भएकाले आजको बैठकमा धारणा राख्नेछन् ।

कांग्रेसमा अहिले १३ पदाधिकारीसहित १६८ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै छ ।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु