global ime bank Long Banner Ad

गृहपृष्ठ रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त पर्वका अवसरमा अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइतारा अभिवृद्धिमा मद्दत पुग्ने बताए ।

“आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रूपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

 

प्रकाशित समय : ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु