global ime bank Long Banner Ad

गृहपृष्ठ थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले विद्युत् गृहमा क्षति पुर्‍याएपछि सो गाउँमा विद्युत्, टेलिफोनलगायत सेवा अवरुद्ध छ ।

बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवर्क्समा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका-३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई फोन गरी वैकल्पिक ऊर्जामार्फत तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित समय : २२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु