global ime bank Long Banner Ad

गृहपृष्ठ फरार कैदी पक्राउ

फरार कैदी पक्राउ

फरार कैदी पक्राउ

उपचारका क्रममा कोशी अस्पताल विराटनरबाट फरार भएका एक कैदी आज पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाट यही साउन १७ गते फरार भएका थिए । कार्यालयका प्रवक्त्ता एवं प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार विराटनगर उपमहानगरपालिका–८ निवासी २४ वर्षीय मोहम्मद अहमदलाई जबरजस्ती करणी मुद्दाको कसुरमा जिल्ला अदालत मोरङले २०७९ साल फागुन २९ गते १२ वर्ष कैद र रु पाँच लाख जरिवना गरेको थियो ।

प्रकाशित समय : १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु