global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रवार कोशीमा सार्वजनिक बिदा

शुक्रवार कोशीमा सार्वजनिक बिदा

शुक्रवार कोशीमा सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सरकारले शुक्रवारका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बिदा दिने निर्णय गरेको हो । भोलि देशभर ३० औँ विश्व आदिवासी दिवस मनाइँदै छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु