global ime bank Long Banner Ad

गृहपृष्ठ पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन अगस्ट ६ देखि ८ सम्म नयाँदिल्लीमा हुने भएको छ । सम्मेलनको तयारी पूरा भएको भारतले जनाएको छ ।

सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सीआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्ने छन् । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायत नेताहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।

मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।

 

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु