काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सूर्यविनायक-धुलिखेल सडक विस्तार नरोक्न मन्त्री दाहालको अनुरोध

2.47K
shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहितको सरकारी टोलीले अरनिको राजमार्गको विस्तारित सडक आयोजना भक्तपुरको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक क्षेत्र अवलोकन गरेको छ । दशक देखि बनेपाको पुलबजार क्षेत्र डुबानमा परी राजमार्गमा आवतजावत बन्द हुने गरेको, ब्यक्तिका घरहरु डुबानमा परी समस्या भएको र पानीको निकास व्यवस्थापन गर्न नसक्दा उत्पन्न परिस्थितीका बारेमा सरोकारवालाहरुसँग उक्त टोलीले जानकारी लिएको छ ।

मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, मन्त्रिका निजी सचिव प्रकाश आचार्य, स्वकीय सचिव हर्कराज राई लगायत, सुर्यविनायक धुलिखेल सडक खण्ड आयोजनाका प्रमुख, इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधिहरु सहभागि थिए । मन्त्री दाहालले सुर्यविनायक देखि धुलिखेलसम्म सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारका तर्फबाट गर्नु पर्ने कार्य विवरण जानकारी लिएका थिए । साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगा देखि बनेपा खण्डको निर्माण र स्थानीयहरुले गरेको अवरोध, मुआब्जा वितरण, सडकका अन्य समस्याका बारेमा सरोकारवाला निकायले जानकारी गराएका थिए ।