global ime bank Long Banner Ad

गृहपृष्ठ सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई महानगरले २ लाख किरिया खर्च दिने

सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई महानगरले २ लाख किरिया खर्च दिने

सिमलताल पहिरोमा ज्यान गुमाएकाका परिवारलाई महानगरले २ लाख किरिया खर्च दिने चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशुलीमा बेपत्ता दूइृ वटा बस खोजीगर्दा आज भेटिएका कपडा र फर्किदै गरेका सुरक्षाकर्मी । साँझसम्म बस नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ । तस्बिर :कृष्ण आचार्य / रासस

 

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरूप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भरतपुर महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरूप २ लाख सहायता गर्ने निर्णय भएको महानगरका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।

गत असार २८ गते बिहान सिमलतालबाट बस त्रिशूलीमा बस खस्दा भरतपुर महानगरपालिका वडा नं. २२ पदमपोखरीका २३ वर्षीय सुदिप विकको मृत्यु भएको थियो।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा बिहेको फोटो भिडियो खिच्न काठमाडौँ आउँदा उनी सिमलतालको पहिरोमा परेका थिए ।

उनको शव असार ३१ गते पूर्वी नवलपरासीको विनय त्रिवेणीबाट फेला परेको थियो। शव बुवा समबहादुर विक।ले सनाखत गरेर बुझिसकेको छन्। सिमलताल घटनामा चितवनबाट २ जना यात्रु परेका थिए।

अर्को सुदिप विकसँगै काठमाडौं जाँदै गरेका माडी नगरपालिका-A१ का विकास परियारको पनि मृत्यु भएको थियो। उक्त बसमा २७ जना यात्रु थिए ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु