global ime bank Long Banner Ad

गृहपृष्ठ चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।

बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।

उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । अहिलेसम्म ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन । ८ वटा डिब्बामा कम्तिमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

 

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु