global ime bank Long Banner Ad

गृहपृष्ठ लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

लमजुङबासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना

लमजुङको क्व्होलासोथर गाउँपालिका–९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् । उनीहरुले मन्त्री गुरुङको सफल कार्यकालको कामना गरेका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै २०७४ फागुन ४ देखि २०७८ जेठ २७ गतेसम्म गण्डकी प्रदेशको मुख्यमन्त्री भएका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव गुरुङ १७ वर्षपछि पुनः सङ्घीय सरकारको महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०६४ चैत १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी निर्वाह गरेका छन् । उनि विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित भएका थिए । सो अघि विसंं २०७० को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा तत्कालीन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत राजनीतिक दलको गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले हराएर निर्वाचित भएका उनि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट १९ हजार पाँचसय दुई मतकासाथ विजयी भएका थिए । पिता गङ्गाप्रसाद र माता चिनी गुरुङका कोखबाट २०१४ फागुन १ गते लमजुङमा जन्मनुभएका पृथ्वीसुब्बा २०३४ देखि राजनीतिमा क्रियाशील छन् ।

विसंं २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित हुँदै विसं २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भए । विसं २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भई जिम्मेवारी समाल्नु भएका गुरुङले विसंं २०६० मा एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भए ।

आफ्नो जीवनको करिब पाँच दशक राष्ट्र र जनताको सेवामा समर्पण गर्नुभएका मन्त्री गुरुङ सङ्घीयता, आदिवासी जनजाति आन्दोलन र जनताको बहुदलीय जनवादको प्रखर वक्ताका रूपमा परिचित छन् ।

 

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु