nmb bank

गृहपृष्ठ युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा

युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा

युक्रेन आक्रमणपछि भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक रुसमा

मस्कोसँग दीर्घकालीन सम्बन्ध बनाउने र पश्चिमी सुरक्षा सम्बन्धहरूलाई घनिष्ठ बनाउने बीचको राम्रो रेखामा कदम चाल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार रुस पुगेको छ ।

रुसले युक्रेनमा आफ्नो आक्रमण सुरु गरेपछि र गत महिना विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकको नेताका रूपमा सत्तामा फर्किएपछि मोदीको यो पहिलो भ्रमण हो ।

“म मेरा मित्र भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न र विभिन्न क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा दृष्टिकोण साझा गर्न उत्सुक छु”, मोदीले विज्ञप्तिमा भन्नुभएको छ, “हामी शान्तिपूर्ण र स्थिर क्षेत्रका लागि सहयोगी भूमिका निर्वाह गर्न चाहन्छौँ ।”

मस्को भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता बनेको छ तर पश्चिमबाट एक्लोकपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको समय–सम्मानित साझेदारीलाई असर गरेको छ ।

हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।

मोदीले पछिल्लो पटक सन् २०१९ मा रुसको भ्रमण गर्नुभएको थियो र दुई वर्षपछि रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्नुभन्दा केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गरेको थियो ।

भारत त्यसबेलादेखि रुसको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ र संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूबाट टाढा बसेको छ । तर युक्रेनसँगको रुसको लडाइँबाट भारतले पनि मानवीय मूल्य चुकाउनुपरेको छ ।

भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फँसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएपछि केही नागरिक मारिएको जस्ता समाचार आएपछि यसै वर्षको फेब्रुअरीमा भारतले रुसमा आफ्ना केही नागरिकहरूलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो ।

चीनसँगको मस्कोको गहिरो सम्बन्ध पनि चिन्ताको विषय बनेको छ । वासिङ्टन र युरोपेली सङ्घ ९इयु० ले चीनमाथि रुसको सैन्य उद्योगलाई बलियो बनाउने कम्पोनेन्ट र उपकरण बिक्री गरेको आरोप लगाएका छन् । ती आरोपलाई बेइजिङले दृढतापूर्वक खण्डन गरेको छ ।

चीन र भारतले दक्षिण एसियामा रणनीतिक प्रभावका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन् । भारत अमेरिका, जापान र अस्ट्रलियासँग क्वाड समूहको हिस्सा हो । उक्त समूहले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताविरुद्ध आफैँलाई उभ्याएको छ ।

तेल र हतियार

नयाँदिल्ली र क्रेमलिनले शीतयुद्धपछि घनिष्ठ सम्बन्ध कायम गरेका छन् । रुस लामो समयसम्म भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता थियो । तर युक्रेनले रुसको हतियार आपूर्तिलाई पातलो बनाएको छ । यसबाट भारत हतियारका लागि अन्य स्रोतहरूमा ध्यान केन्द्रीत गर्न बाध्य हुनुपरेको छ । यसमा आफ्नै रक्षा उद्योग बढाउने पनि रहेको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार हालका वर्षहरूमा भारतीय हतियारहरूको आयातमा रुसको हिस्सा अत्यन्त कम भएको छ ।

यही समयमा भारत रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । युरोपमा मस्कोलाई परम्परागत खरिदकर्ताहरूबाट अलग गरेपछि भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ । यसले नाटकीय रूपमा ऊर्जा सम्बन्धलाई नयाँ आकार दिएको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउँदै अर्बौं डलर बचत गरेको छ ।

सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरद्वारा सङ्कलित कमोडिटी ट्र्याकिङ डाटाअनुसार भारतको रुसी कच्चा तेलको मासिक आयात मेमा आठ प्रतिशतले बढेर सन् २०२३ जुलाई यताकै उच्चस्तरमा पुगेको छ । तर यसको परिणामले गत आर्थिक वर्षमा रुससँग भारतको व्यापार घााटा बढेर ५७ अर्ब डलरभन्दा केही बढी भएको छ ।

सन् १९८३ मा इन्दिरा गान्धीपछि कुनै पनि भारतीय नेताका रूपमा मोदी रुसको भ्रमणपछि अस्ट्रियाको राजधानी भियना जानेछ ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु