काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला

3.19K
shares

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो बंगला दरबार आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले दियालो बंगला दरबार अवलोकनको शुभारम्भ गरेका हुन्  ।

विसं २०१९ निर्माण भएको दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे  ।