global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्रिय धान दिवसको अवसरमा रोयल इनफिल्ड बिरगंजदेखि ठोरीसम्मको राइड सम्पन्न

राष्ट्रिय धान दिवसको अवसरमा रोयल इनफिल्ड बिरगंजदेखि ठोरीसम्मको राइड सम्पन्न

राष्ट्रिय धान दिवसको अवसरमा रोयल इनफिल्ड बिरगंजदेखि ठोरीसम्मको राइड सम्पन्न

बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता, नोभस ब्रदर्स प्रा. लि. ले ‘रोपाई राइड’ सफलतापूर्वक सम्पन्न गरेका छन्। यो विशेष कार्यक्रम राष्ट्रिय धान दिवसको अवसरमा २०८१ असार १५ गते, शनिबार बिहान ७:३० बजे बिरगंजस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो।

यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए। यस राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायीकता प्रवर्धन गर्ने टेवा पुगोस र कृषिमा आधुनिकरण रहोस भनि जागरण गर्नु थियो। ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरुले रोमान्चक अनुभव संगाले।

नोभस ब्र्दर्स प्रा लि का प्रबन्ध निर्देशक श्री अनुप अग्रवालले यस अवसरमा सहभागी भएका सबै बाइक प्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रा लि का नेशनल कार्ट हेड श्री दिपेश श्रेष्ठले सेफ राइडिङग र रोड क्याप्टेनका भुमिका निर्वाह गरे।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु