global ime bank Long Banner Ad

गृहपृष्ठ कैलाश सिरोहियालाई पक्राउको बिषय लिएर भ्रम फैलाईयो : ईश्वर पोखरेल

कैलाश सिरोहियालाई पक्राउको बिषय लिएर भ्रम फैलाईयो : ईश्वर पोखरेल

कैलाश सिरोहियालाई पक्राउको बिषय लिएर भ्रम फैलाईयो : ईश्वर पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर संचार जगतमाथी हमला भएको भन्ने बिषयप्रति आपत्ति जनाएका छन ।

पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आईपुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरुले भ्रम फैलाउने काम गरेको वताए ।

नागरिकताको बिषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा अनुसन्धानको लागि पक्राउ परेका सिरोहिया मात्र हैन जोसुकै कारवाहीको दायरामा आउनुपर्ने नेता पोखरेलको जिकिर छ ।

संचार जगतको हमला काँहावाट आयो रुु उन्ले प्रतिप्रश्न गर्दै भने ।  धनुषा जिल्ला अदालतमा मुद्दा परेको छ, पक्राउ पुर्जी जारी भएको छ त्यसपछि पक्राउ गरिएको हो ।

सरकार लोकतान्त्रिक अभ्यासमा बिस्वास गर्ने वताउदै नेता पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले समेत यो बिषयमा संक्षिप्त भनाई राखेको वताए ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु