global ime bank Long Banner Ad

गृहपृष्ठ प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

प्रमुख दलका शिर्ष नेताको छलफल बालुवाटारमा जारी

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डे लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा संसदको अवरोध हटाउने, सहकारी ठगि प्रकरण छानबिन गर्न गठन गर्ने लागिएको संसदीय समितिको कार्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ । जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेकोले संसद सुचारु गरेर बजेट ल्याउनुपर्ने दबाबमा सरकार रहेको छ ।

 

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु