global ime bank Long Banner Ad

गृहपृष्ठ मुद्रण व्यवसायमा आवद्ध कामदारको निःशुल्क बिमा

मुद्रण व्यवसायमा आवद्ध कामदारको निःशुल्क बिमा

मुद्रण व्यवसायमा आवद्ध कामदारको निःशुल्क बिमा

मुद्रण उद्योग संघ कास्की र नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले संयुक्त रुपमा निकालिएका नयाँ वर्ष २०८१ को वार्षिक टेवल क्यालेण्डर नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विष्णुप्रसाद तिवारीले सार्वजनिक गरी कार्यक्रमको उद्घाटन गरे ।

केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण उद्योग व्यवसायमा राज्यले कुनै मुल्य र दररेट नतोक्दा र व्यवसायी आफैमा प्रतिस्पर्धा हुँदा व्यवसाय नै धरासयमा पुगेको बताए । ‘हामी हाम्रो उत्पादनको मुल्य आफै तोक्छौ, राज्य नै कुनै अंकुश लगाएको छैन तरपनि व्यवसाय सफल बन्न सकेको छैन र दुःखी बन्छौ’। उचित मुल्य लिन नसक्दा व्यवसायलाई सफल बनाउन सकेको छैन । मुल्यमा प्रतिस्पर्धा भन्दा पनि स्तरीय काममा ध्यान दिनुपर्छ उनले भने ।

राज्यका विभिन्न निकायले मुद्रण व्यवसायीको घाटी थिच्ने काम गरेको बताए । राज्यका विभिन्न निकायले काम नदिने र जिटुजीको माध्यमबाट जाने गर्दा प्रत्यक्ष व्यवसायी मारमा परेको,कुनैपनि हालतमा मुद्रण उद्योग महासंघ चुप लागेर नबस्ने बताए ।

अध्यक्ष तिवारीले जनक शिक्षाले राज्यबाट अरवौं रकम अनुदान लिए पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाए । जुन शिक्षाले हरेक वर्ष अरवौं रुपैयाँ अनुदान लिन्छ, सरकारी जमिनमा आवास र व्यवसाय सञ्चालन गरेको छ । सरकारबाटै तलब भत्ता खुवाउछ र घाटामा गयो भन्छ । पहिलो चोटी होला अघिल्लो वर्ष ५० करोड जति नाफा भयो भनेर प्रतिवेदन बुझाएको जानकारी आएको थियो । उनले भने, व्यवसायीको दुश्मन राज्य बन्न खोजेको भन्दै राज्यले किताब, लेटर प्याड छापेर प्राइभेट व्यवसायीहरुलाई पलायन बनाउन खोज्यो । राज्यले सेक्युरिटी प्रेस सञ्चालन गर्ने हो, खुद्रा काम गर्ने होइन उनले भने ।

मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश र कास्की जिल्लाले साधारण सभा अधिवेशन, विविध कार्यक्रम नियमित हुने गरेको र नयाँ–नयाँ कार्यक्रमको अभियान ल्याउनेमा अगुवाई गर्दै आएको जानकारी पाउँदा आफु खुसी रहेको बताउँदै केन्द्रीय अध्यक्ष तिवारीले प्रशंसा गरेका थिए ।

त्यसैगरी लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी र लुम्बीनी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले बिमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रमुख शिव पौड्यालले बिमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा १ लाख र दुर्घटना भइ मृत्यु भएमा थप ५० हजार र अपांग ९पूर्ण अशक्त० भएमा ५० हजार को लाभ लिन सकिने जानकारी गराए ।

उनले कार्यक्रममा बोल्दै बिमा गर्नु खर्च नभई लगानी भएको जानकारी गराएका थिए । जीवन सहजीकरण, सुख दुखमा साथ दिने भनेको बिमा रहेको बताउदै उनले मानिसको अत्यावश्यक चिजहरु मध्ये बिमा पनि एक भएको उल्लेख गरे । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपाङ्ग हुँदा वा बिरामी हुँदा लगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भएपनि मलम लगाउने काम विमाले गर्ने बताए ।

मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणी बास्तोलाले पोखरामा १ सय भन्दा बढी छापाखाना व्यवसायीहरु भएको र करिब ८ सय जना मजदुरहरु रहेको जानकारी गराउँदै जोखिम न्यूनिकरणको लागि विमा गरिएको जानकारी गराए । उनले हाल १ सय १५ जनाको विमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरुको निःशुल्क विमा गराइने बताए ।

अध्यक्ष बास्तोलाका अनुसार बिमाको लागतमा ५० प्रतिशत व्यवसायीक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन विमा गरिएको बताए ।
कार्यक्रममा मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष बसन्त बास्तोलाले स्वागत मन्तव्य, नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका निवर्तमान उपाध्यक्ष पदम लाल श्रेष्ठले शुभकामना मन्तव्य र कोषाध्यक्ष कोपिला श्रेष्ठले दुर्घटना र जीवन विमाकोे अनुभावका बारेमा जानकारी गराइएकी थिइन् । भने दुर्घटना विमा संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका बरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले विमा सम्झौता पढेर सबैलाई सुनाएका थिए ।

मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम महासचिव पदम श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु