nmb bank

गृहपृष्ठ वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे । रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ – ३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।
अभिनाश बोहोराले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

प्रकाशित समय : १४:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु