nmb bank

गृहपृष्ठ प्रधानमन्त्रीले छलफलका लागि काँग्रेसका नेताहरूलाई बोलाएको बैठक स्थगित

प्रधानमन्त्रीले छलफलका लागि काँग्रेसका नेताहरूलाई बोलाएको बैठक स्थगित

प्रधानमन्त्रीले छलफलका लागि काँग्रेसका नेताहरूलाई बोलाएको बैठक स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका थिए ।

स्थगित बैठक शनिबार बिहान साढे ८ बजे बालुवाटारमा बस्र्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि शुक्रबार बिहानैदेखि दुवै पक्ष आ–आफ्ना रणनीति बनाइरहेका छन् । काँग्रेसले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलको बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ ।

प्रकाशित समय : १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु