nmb bank

गृहपृष्ठ सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७१ रन मात्र बनाए पछि खेल ३५ रनले हारेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।

यो यस सिजनमा बैंगलुरुको दोस्रो जित हो । ९ खेलमा २ जित र ७ हार बेहोरेको बैंगलुरुको ४ अंक भएको छ र अंकतालिकामा पुछारमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने ८ खेलमा ५ जित र ३ हारसहित १० अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित समय : ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु