global ime bank Long Banner Ad

गृहपृष्ठ इन्टेग्रिटी आइकन नेपाल २०२४ को मनोनयन खुला

इन्टेग्रिटी आइकन नेपाल २०२४ को मनोनयन खुला

 हरेक वर्ष सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम, इन्टेग्रिटी आइकन नेपाल २०२४ का लागि मनोनयन खुला गरेको छ । एकाउन्टबिलिटी ल्याब नेपालले आयोजना गर्दै आएको यो कार्यक्रममा आम सेवाग्राहीले आफूलाई चित्त बुझेको कर्मचारीलाई इन्टेग्रिटी आइकन नेपाल २०२४ का लागि मनोनयन गर्न सक्नेछन् ।

यस वर्षका लागि मनोनयन गर्ने अन्तिम मिति २०८१ साल वैशाख १८ गते सम्मलाई तोकिएको छ । इन्टेग्रिटी आइकनको वेबसाइटबाट अनलाइन फारम भरेर सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीलाई सम्मानका लागि मनोनयन गर्न सकिने छ एकाउन्टबिलिटी ल्याब नेपालले जनाएको छ । साथै ल्याबको फेसबुक पेज, इन्स्टाग्राम, एक्स बाट फारमको लिङ्कमा गएर पनि अनलाइन फारम भर्न सकिने छ ।

इन्टेग्रिटी आइकन नेपालबाट हरेक वर्ष पाँच जना इमान्दार कर्मचारीलाई सम्मान गर्दै आइएको छ ।

प्रकाशित समय : ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु